काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक अब पुनर्विचारका लागि पुन: संघीय संसदमा प्रस्तुत हुने भएको छ।

प्रतिनिधि सभा नियमावली, २०७५ अनुसार संविधानको धारा १ सय १३ को उपधारा ३ बमोजिम राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएमा प्रतिनिधि सभा बैठकमा पुनर्विचारका लागि प्रस्तुत हुने वा प्रतिनिधि सभाको सम्बन्धित समितिमा पेश हुने व्यवस्था छ ।

अहिले अधिवेशन जारी रहेको हुँदा फिर्ता भएको विधेयक अब  सदनमा पुनर्विचारका लागि प्रस्तुत हुने वा सम्बन्धित समितिमा पेश हुनेछ ।

राष्ट्रपतिबाट फिर्ता भएको विधेयक सम्बन्धी जानकारी सदनलाई जानकारी दिएपछि बसेको कुनै बैठकमा त्यस्तो विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि सदनमा पुनर्विचार गरियोस् वा पुनर्विचारका लागि विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्तुत गर्ने व्यवस्था छ।

प्रकाशित मिति: २९ श्रावण २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com