काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूले पदमा नबस्ने निर्णय पार्टीलाई जानकारी गराएका छन्।

सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकले यस्तो जानकारी दिएका हुन्। एक उच्चपदाधिकारीका अनुसार, उनले सोमबारको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको भन्दै नैतिक जिम्मेवारीका आधारमा पदबाट इस्तीफा दिनुपर्ने ठानेको बताएका छन्।

advertisement

उक्त पदाधिकारीले  भने, ‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ। मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, त्यसैले पदमा बस्दिनँ।’

गृहमन्त्री लेखकको निर्णयले पार्टी भित्र समेत गम्भीर छलफल र आगामी कदमबारे बहस सुरु भएको बताइएको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com