काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार सचिवालय बैठक आह्वान गरेको छ । जेन–जी पुस्ताले काठमाडौँसहित देशभर गरेका प्रदर्शन हिंसात्मक बनेपछि आगामी रणनीति तय गर्न बैठक बोलाइएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
उनका अनुसार जेन–जी युवाले सुरु गरेको आन्दोलनप्रति रास्वपाको ऐक्यबद्धता रहनेछ । तर पार्टी तत्कालै सडकमा उत्रिएर नेतृत्व लिने पक्षमा नरहेको स्पष्ट गरिएको छ । ‘भ्रष्टाचार र बेथितिविरुद्ध उठेको यो आन्दोलन युवाहरूको स्वतःस्फूर्त कदम हो । हामी त्यससँग ऐक्यबद्ध छौँ, तर राजनीतिक दल भएकाले अहिले नै नेतृत्व गर्ने अवस्थामा छैनौँ । आगामी दिनमा कुन दिशातर्फ जाने भन्ने विषयमा पार्टीभित्र गहन छलफल हुनेछ,’ बुर्लाकोटीले भने ।
सचिवालय बैठकपछि दिउँसो १ बजेका लागि रास्वपाले केन्द्रीय समिति बैठक पनि बोलाएको छ ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया