काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै अस्पतालमा उपचार, भोजन तथा आवश्यक व्यवस्थापनको काम अघि बढाएको छ । यसका लागि महानगरले विशेष व्यवस्थापन टोलीसहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई विभिन्न अस्पतालमा खटाएको छ ।
महानगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार सिभिल अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल, शिक्षण अस्पताल र केएमसी सिनामंगलमा छुट्टै टोली परिचालन गरिएको छ । साथै, अन्य अस्पताल तथा स्थानमा आवश्यक समन्वय र सहजीकरण गर्न एक केन्द्रीय टोली पनि सक्रिय गरिएको छ ।
यस्तै, आकस्मिक व्यवस्थापनलाई सहज बनाउन महानगरले स्वास्थ्यकर्मी, रक्तदान तथा अन्य लजिस्टिक सहयोग गर्न इच्छुक नागरिकलाई आह्वान गरेको छ । इच्छुकहरूले महानगरले उपलब्ध गराएको अनलाइन फाराम भरी सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको छ ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया