काठमाडौं । ललितपुरको मन्त्री क्वार्टरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । जेन–जी आन्दोलनका क्रममा सोमबार १९ जनाको मृत्यु भएपछि आज बिहानदेखि प्रदर्शन अझै उग्र बनेको हो।
हाल प्रदर्शनकारीहरूले विभिन्न शीर्ष नेताहरूका निवास र पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गर्दै विरोध जनाइरहेका छन्।
स्थानीय सुरक्षा अधिकारीहरूले स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको जानकारी दिएका छन्।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया