काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार भएको भीषण आगलागीपछि बुधबार बिहान काठमाडौं महानगरपालिकाको दमकल परिचालन गरेर बाँकी रहेको आगो नियन्त्रणमा लिइएको छ।

जेन जेड आन्दोलनका क्रममा प्रदर्शनकारी युवाको एक समूहले आगजनी गरेपछि सर्वोच्च अदालतको भवन पूर्णरूपमा नष्ट भएको हो। इजलास, मुद्दाका मिसिल, सर्वरलगायत सम्पूर्ण संरचना जलेर खरानी भएका कारण अदालतले तत्कालीन सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

advertisement

काठमाडौं र हेटौंडास्थित डाटा सेन्टरमा एकैसाथ भएको आक्रमणले देशको न्यायिक संरचना गम्भीर संकटमा परेको अधिकारीहरूले बताएका छन्। अदालतका अनुसार, उपलब्ध कागजात र डिजिटल प्रमाण जलेर नष्ट भएपछि न्यायिक प्रक्रिया सञ्चालन असम्भव बनेको छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com