काठमाडौं । पछिल्लो अस्थिर परिस्थितिपछि अलपत्र परेका विदेशी नागरिकलाई नजिकैका सुरक्षा निकाय वा सुरक्षाकर्मीमार्फत सहयोग लिन नेपाली सेनाले आग्रह गरेको छ।
बुधबार जारी विज्ञप्तिमा सेनाले भनेको छ, ‘विभिन्न प्रयोजनका लागि नेपालमा रहनु भएका र विद्यमान जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा पर्नुभएका सबै विदेशी नागरिकले उद्धार वा सहयोगको आवश्यकता परे नजिकका सुरक्षा निकाय वा तैनाथ सुरक्षाकर्मीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।’
यस्तै, सेनाले होटल, पर्यटन व्यवसायी तथा सम्बन्धित संघ–संस्थालाई पनि यस्ता विदेशी नागरिकहरूको उद्धार र आवश्यक सहयोगका लागि समन्वय र सहजीकरण गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया