काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले सामाजिक एकता, मेलमिलाप र शान्तिपूर्ण राजनीतिक यात्राका लागि राष्ट्रिय सरकार गठनको आवश्यकता औंल्याएका छन्।
फेसबुकमार्फत विचार सार्वजनिक गरेका उनले नयाँ कार्यदिशा दिन सातवटा मुख्य बुँदा प्रस्तुत गर्दै जेनजी पुस्तालाई नेपालको भविष्यको आधारस्तम्भका रूपमा उल्लेख गरेका छन्।
केसीले प्रस्तुत गरेका सात बुँदा यसप्रकार छन् :
१. सर्वपक्षीय गोलमेच सम्मेलन ।
२. राष्ट्रिय सरकारको गठन।
३. आजसम्मका सम्पूर्ण चर्चित भ्रष्टाचार काण्डहरूको पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन र दण्ड (यो जेञ्जी मात्र होइन आम जनता को चासो र माग हो )।
४. नेपालीको विदेशमा रहेका सम्पत्तिको अनुसन्धान र अवैध जम्मा भएका छानबिन र राष्ट्रियकरण ।
५. जेनजीसँग गम्भीर र परिणाममुखी संवाद ।
६. संविधान संशोधनअघि गोलमेच सम्मेलनबाट निर्धारित विषय समेत केन्द्रमा राखी जनमत सङ्ग्रह ।
७. विधि विहीनता, दण्डविहीनता विहीनता,भ्रष्टाचार मुक्त समाज र सुशासन जेनजीको माग हो।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया