काठमाडौं । काठमडौंको फोहोर व्यवस्थापन गरिने बञ्चरेडाँडा क्षेत्रमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् ।
बञ्चरे आसपासका स्थानीयले काठमाडौंबाट फोहोर लिएर गएको गाडी रोकेपछि प्रहरीले अवरोध हटाउने क्रममा रबरको गोली चलाएको थियो । प्रहरीले हानेको गोली आँखानजिकै लागेर स्थानीय कमल तामाङ घाइते भएका धुनीवेशी नगरपालिका-१ का वडाअध्यक्ष मानबहादुर तामाङले ग्लोबल नागरिकलाई बताए ।
वडाध्यक्ष तामाङका अनुसार उनलाई उपचारका लागि काठमाडौंको मनमोहन अस्पतालमा भर्ना गरिएको छ । उनको आँखामाथिको भागमा रबरको गोली अड्किएको छ।
प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार
प्रतिक्रिया