काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भावी प्रधानमन्त्रीको रूपमा समर्थन गरेको भन्ने समाचार असत्य भएको दाबी गरेका छन्।
फेसबुकमार्फत देशको नेतृत्वमा जाने आफ्नो इच्छा बारम्बार प्रकट गर्दै आएका साम्पाङ आज धरानबाट काठमाडौं आएर जंगी अड्डा पुगेका थिए। आफ्ना समर्थकहरूलाई समेत त्यहाँ उपस्थित गराएको बताइएपछि उनी चर्चामा आएका थिए।
तर, जेन–जी पुस्ताको रोजाइमा सुशीला कार्कीको नाम चर्चामा आएपछि विभिन्न मिडियामा साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहले कार्कीलाई समर्थन जनाएको खबर सार्वजनिक भएको थियो।
यसै सन्दर्भमा साम्पाङले सामाजिक सञ्जालमार्फत स्पष्ट गर्दै लेखेका छन्, “सुशीला कार्की ज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र? यो सब गलत हो!”
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया