काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसद् जनताको सर्वोच्चताको प्रतीक भएकाले यसको विघटन अस्वीकार्य हुने बताएकी छिन्।

बिहीबार सार्वजनिक गरिएको एक भिडियो सन्देशमा उनले संसद् विघटन जनताको अधिकारमाथिको प्रहार हुने उल्लेख गर्दै यो कदम सह्य नहुने प्रष्ट पारिन्। उनका अनुसार, संसद् कायम राख्दै जेन–जीलगायत सबै पक्षको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिन्छ।

advertisement

गौतमले भनिन्, “जनताको सर्वोच्चता कायम राख्ने संस्था नेपालको संसद् हो। यसको विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि नै संकट ल्याउनु हो।”

उनले जेन–जी पुस्तालाई देखाएर स्वार्थप्रेरित निर्णय गर्न कसैले नपाइने चेतावनी दिँदै थपिन्, “कुनै पनि स्वार्थप्रेरित निर्णय हुनु हुँदैन। संसद् यथावत् राख्दै अन्तरिम सरकारले चुनाव घोषणा गर्‍यो भने, जेन–जी पुस्ताको सक्रियताबाट जनताले चाहेको नेतृत्व चुनावबाट नै चयन गर्न सक्छन्।”

 

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com