काठमाडौँ । नेपाली सेनाको सक्रिय पहलमा नयाँ सरकार गठनको तयारी तीव्र भइरहेको बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भारतसम्मका प्रमुख सञ्चारमाध्यमहरूसँग निरन्तर अन्तर्वार्तामा व्यस्त छिन् । बुधबार एक भारतीय टेलिभिजनलाई दिएको भर्चुअल अन्तर्वार्तामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वशैलीको खुलेर प्रशंसा गरेकी छिन् ।

‘म भारतलाई धेरै सम्मान र माया गर्छु । मोदीजीको कार्यशैलीबाट म गहिरो रूपमा प्रभावित भएकी छु । भारतले नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ,’ कार्कीले भनिन्, ‘अहिले नेपाल कठिन मोडमा छ । हामी देशको विकास र नयाँ सुरुवातका लागि काम गर्नेछौँ ।’

advertisement

कार्कीले उक्त अन्तर्वार्तामा नयाँ जिम्मेवारी लिन तयार रहेको स्पष्ट गर्दै हालैको उथलपुथलपूर्ण आन्दोलनको नेतृत्व गरिरहेको जेन–जी समूहले आफूलाई अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरेको बताएकी थिइन् ।

उच्च स्रोतका अनुसार भारतको चासो र जोडबलमा कार्कीलाई सरकार प्रमुख बनाउन सेनालाई दबाब बढिरहेको छ। भारतसँग निकट सम्बन्ध भएकि कार्की भारतिय संचारमाध्यममा अन्तर्वार्ता दिईरहँदा नेपाली संचारमाध्यममा भने अन्तर्वार्ता दिन इन्कार गरिरहेकी थिइन्। सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन भारतले जेन-जीका केहि नेतृत्वलाई निरन्तर आफ्नो प्रभावमा पारिरहेको स्रोतले जनाएको छ।

देशमा जेन–जि पुस्ताको आन्दोलनले राजनीतिक अनिश्चितता बढाइरहेका बेला छिमेकी मुलुक भारतले नेपालको आन्तरिक राजनीतिमा ठाडो हस्तक्षेप गरिरहेको छ। जसमा सुशिला कार्कीलाई जसरी पनि अन्तरिम सरकार प्रमुख बनाएर आफ्नो स्वार्थपुर्तीमा लागेको छ।

सुशीलाले हिन्दीमा दिएको अन्तर्वार्ताको नेपाली सार

पत्रकार : प्रधानमन्त्री मोदीजीलाई तपाईं केही भन्न चहानु हुन्छ ?

पहिलो कुरा म मोदीजीलाई सर्वप्रथम् यहीँबाट नमस्कार गर्छु । म…म… उहाँबाट राम्रोसँग प्रभावित छु । दोस्रो कुरा, यो छ कि अहिले मेरो नाम प्रस्ताव गरिएको छ। तर अझै पनि मेरो नाममा टुंगो भइसकेको छैन। भोलि परिवर्तन हुन पनि सक्छ । यसबारेम केही भन्न सक्दिनँ । मेरो नियुक्त भोलि नै हुने कुरामा म केही भन्न सक्दिनँ । यो कुरा म अहिले यस्तो हुन्छ भनेर भन्न सक्दिनँ । अहिले कुनै टुंगो छैन । भोलि परिवर्तन पनि हुन सक्छ ।

म कुनै बेला भारतमा रहँदाको समयमा भारतीय नेताहरूसँग एकदमै प्रभावित भएकी छु । त्यसबेलामा जब म भारतमा थिएँ, शरदजी त मेरा भाइजस्तै थिए । अहिले उनी यो संसारमा छैनन् । र, मोहनजी अहिले पनि छन्, उनीसँग पनि मेरो बहुतै राम्रो सम्बन्ध छ । बहुत धेरै मानिसहरू भारतमा मेरा साथीका रुपमा छन् ।हामी उनीहरूलाई आफ्नै भाइ र बहिनीसरह मान्छौँ । उनीहरू यहाँ आउँदा पनि हामीसँग भेट्छन् । कुराकानी भइरहन्छ । हामी पनि भारतमा जाँदा उनीहरूसँग मिल्छौँ । आफनै हिनीसरह हाम्रो सम्बन्ध छ । हामी एकअर्कालाई त्यसैगरी मान्छौँ । मेरा पति दुर्गा सुवेदी कयौँ दिन भारतमै रहनु भएको थियो । त्यसबेला हामीले बनाएका धेरै साथीहरूसँग भेट्ने काम भइरहन्छ ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com