काठमाडौं । सैनिक मुख्यालय अगाडि अन्तरिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी विवादका कारण जेन–जि युवाबीच झडप भएको छ।
मुख्यालय अगाडि सडकमा दुई समूहबीच हातहतियारसम्म नपुगेको भए पनि कुटाकुट र झगडा भएको प्रहरीले जनाएको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन नहुने भन्दै केही युवाहरू नाराबाजीसहित पुगेका थिए। त्यसैगरी, काठमाडौँका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङका समर्थक युवाहरू पनि त्यहाँ जम्मा भएका थिए।
दुई पक्षबीच सैनिक मुख्यालयको गेटमा कुटाकुट र स-साना झडप चलेको छ। हाल मुख्यालय अगाडिको सडक क्षेत्रमा तनाव बढेको छ र सुरक्षा बलले स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया