काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले आफ्नो राजीनामा फिर्ता लिएको घोषणा गरेका छन्।

जेनजी आन्दोलनका क्रममा आफूमाथि गरिएको गोली प्रहार र आफ्नै घरमा हातहतियारसहित आक्रमणले मानसिक रूपमा गहिरो असर पारेको बताए। उनले सामाजिक सञ्जालमार्फत दिइएको राजीनामा दबाबमा मात्र लेखिएको स्पष्ट पारेका छन्।

advertisement

कडरियाले फेसबुकमार्फत भने, त्यतिबेला जबरजस्ती सामाजिक सञ्जालबाट राजीनामा दिन बाध्य बनाइयो। सायद त्यो पोस्ट नगरेको भए म आज जिउँदो नहुने थिएँ। तर स्पष्ट पार्न चाहन्छु—मैले कुनै पनि संगठनमा आधिकारिक रूपमा राजीनामा दिएको छैन।

उहाँले घटनाक्रममा शारीरिक हिंसा भएको र हत्या प्रयाससमेत गरिएको दाबी गर्दै वर्तमान गम्भीर परिस्थितिमा आपसी दोषारोपणभन्दा एकताको आवश्यकता रहेको औंल्याएका छन्।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com