काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानभित्रैबाट अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता श्रेष्ठले वर्तमान संविधान र संवैधानिक प्रक्रियालाई नै पालन गर्दै जेनजीका प्रस्ताव र सहमतिअनुसार अन्तरिम सरकार गठन गर्न आवश्यक रहेको बताएका छन्।
उनीका अनुसार, राजनीतिक रिक्तता र संक्रमणकाल लामो समयसम्म नबढोस् भनेर जेनजीका मागलाई व्यवहारमा लागू गर्ने क्रममा सबै पक्षले सहमति बनाउनु जरुरी छ।
श्रेष्ठले आन्दोलनकारीहरूको मुद्दा सम्बोधन गर्ने र संविधान तथा लोकतन्त्रको मार्गविचलन नगरी राष्ट्रिय सहमतिका साथ समाधान निकाल्नुपर्नेमा पनि जोड दिएका छन्।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया