काठमाडौं । जेन–जी समूहले अघि सारेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा व्यापक सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेल पनि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सकारात्मक देखिएका छन्। तर संसद् विघटन गर्ने न गर्ने भन्ने संवेदनशील बिषयमा एकमत नहुँदा प्रक्रिया अघि बढ्न ढिलाइ भएको हो।
अन्तरिम सरकार गठनबारे संविधानले दिने सम्भावनामाथि राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र राष्ट्रपतिको कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बिहीबार राति साढे १० बजेदेखि करिब चार घण्टा बढी छलफल भएको थियो।
वार्तामा सहभागी एक अधिकारीका अनुसार, कार्कीले संसद् कायम रहेको अवस्थामा गैरसांसदलाई प्रधानमन्त्री बनाउन संवैधानिक आधार नहुने भन्दै पहिले संसद् विघटन गर्नुपर्ने अडान राखिन्। राष्ट्रपति पौडेल भने कार्कीलाई नियुक्त गर्न सहमत भए पनि संसद् विघटनमा तयार नभएका कारण अन्तिम टुंगो लाग्न सकेको छैन।बिहान ९ बजेपछि फेरि छलफल हुने तयारी भएको छ।’
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया