काठमाडौं । नेपाली सेनासहित सुरक्षा निकायहरू परिचालन भएपछिदेखि देशभरका विभिन्न स्थानबाट हालसम्म १३५ नाल हतियार बरामद गरिएको छ।
सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंको महाराजगञ्ज क्षेत्रबाट मोबाइल फोन र विदेशी मुद्रासहित दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
यस्तै धादिङको गजुरीस्थित कारागारबाट फरार भएका कैदीमध्ये ४३ जनालाई पक्राउ गरिएको सेनाले जनाएको छ।
यसैबीच झापाको भद्रपुर नगरपालिका–८, हस्पिटल चोकमा फेला परेको शंकास्पद वस्तुलाई सेनाले सुरक्षित रूपमा नष्ट गरिएको जनाएको छ।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया