नवलपरासी । नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् । कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए । ‘केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किँदै छौँ भनेर जानकारी गराएका छन्’, उनले भने ।

कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारी साधन नचलेर उनीहरू आउन ढिलाइ भएको जेलर श्रेष्ठले भने । बुधबार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए । नवलपरासी कारागारमा कूल ५७५ कैदी थिए

advertisement

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com