काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठनको प्रक्रियामा चासो र चिन्ता व्यक्त गरेको छ। आयोगले सुरक्षाकर्मीले व्यापक बल प्रयोग गर्दा जनधनको क्षति हुँदा पनि लामो समय मौन बसेको प्रति प्रतिक्रिया जनाएको हो ।
मानव अधिकार आयोगले घटनाहरूको सुक्ष्म अध्ययन नगरेको अवस्थामा पनि नयाँ सरकार गठनको प्रक्रियामा आफ्नो सक्रिय चासो राखेको जनाएको छ। घटनाका समयमा आयोगका अध्यक्ष तपबहादुर मगर भाषागोष्ठीमा व्यस्त रहेको र तत्काल प्रतिक्रिया दिन नसकेको जनाइएको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ। मानव अधिकार, लोकतान्त्रिक मूल्य तथा कानूनी शासनको आधारमा निकास निकाल्नु उचित हुनेछ।’
साथै आयोगले मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको संरक्षणका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै अन्य सरोकारवालाहरूसँग पनि निरन्तर सम्पर्कमा रहेको जानकारी दिएको छ।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया