काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी ११२२८९० भएका ३१ वर्षका राहुल रेमानान छन् ।
उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनी फ्लाई दुबईको जहाजमा दुबईबाट काठमाडौं आएका हुन्।
राहुलको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो । त्यसक्रममा प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले थप अनुसन्धान सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ५ भाद्र २०७९, आइतबार
प्रतिक्रिया