काठमाडौँ । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध सहज जित निकालेको छ। दुबईमा गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो।

पाकिस्तानले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले १५ दलशमल ५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन बनाए भने तिलक बर्मा र अभिषेक शर्माले ३१–३१ रन बनाएका थिए। त्यसैगरी शुभमन गिल र शिभम दुवेले १०–१० रन बनाए।

advertisement

त्यस्तै पाकिस्तानका बलर सैयब आयुबले ३ विकेट लिए। यस अघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो।

पाकिस्तानका लागि शाहीबजादा हारिसले सर्बाधिक ४० रन बनाए भने शहिन शाह अफ्रिदीले अविजित ३३ रन बनाएका थिए। त्यस्तै फकर जमानले १७ र फहीम अशरफले ११ रन बनाएका थिए। भारतीय बलर कुलदीप यादवले सर्बाधिक ३ विकेट लिए भने जसप्रित बुमराह र अक्षर पटेलले २–२ विकेट लिए।

यो प्रतियोगितामा भारतको लगातार दोस्रो जित हो। त्यस्तै पाकिस्तानले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ। प्रतियोगिता अन्तरगत आज आयोजक युएई र ओमान तथा श्रीलंका र हङकङ भिड्नेछन्।

 

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com