काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालैका प्रदर्शनका क्रममा चोरी भएका सामान तत्काल फिर्ता गर्न आग्रह गरेको छ।
आयोगले सोमबार जारी गरेको सूचनामा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय काठमाडौंसहित इटहरी, पोखरा, हेटौँडा, बुटवललगायतका कार्यालयहरूबाट चोरी तथा लुटपाट भएको जानकारी दिएको छ।
आयोगका अनुसार त्यस क्रममा सवारीसाधन, टिभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर र पंखाजस्ता सामग्री चोरी भएका छन्।
सिसीटिभी फुटेजमार्फत संलग्न व्यक्तिहरूको पहिचान भइरहेको उल्लेख गर्दै अख्तियारले स्वेच्छाले सामान फिर्ता गर्न आग्रह गरेको छ। अन्यथा कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया