काठमाडौं । सरिता गिरीले नेपाल सद्‍भावना पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

स्वर्गीय प्रदीप गिरिको अन्तिम इच्छा अनुसार आफू सदभावना पार्टीबाट स्वतन्त्र भएको उनले बताएकी छिन् । ‘म दिवंगत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि वहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टी बाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ सरिता गिरीले फेसबुकमा लेखेकी छिन्, ‘नेपाल सद्‍भावना पार्टीलाई मैरो सदैव सद्‍भावना रहने छ ।’

advertisement

तर उनले आफूले प्रदीप गिरिको विरासत वा उत्तराधिकारीको दाबी नगरेको प्रष्ट्याएकी छिन् । उनले लेखेकी छिन्, ‘म प्रष्ट गर्न चाहन्छु म विरासत वा उतराधिकारको राजनीतिमा विश्वास गर्दिन न त प्रदीप दाइ गर्नु हुन्थ्यो । कर्मको राजनीति मेरो साध्य र साधन दुबै हुने छ।’

प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com