काठमाडौं । काठमाडौं महानगरपालिकाले जेन–जी आन्दोलनका क्रममा सिंहदरबारलगायतका स्थानमा आगलागी हुँदा दमकल नपठाएको भन्ने आरोप असत्य भएको जनाएको छ।

महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले शुक्रबार पत्रकार सम्मेलनमा सुरक्षाजन्य कारणले दमकललाई घटनास्थलसम्म पुर्‍याउन नसकिएको स्पष्ट गरे। उनका अनुसार दमकल स्कटिङ गरेर लैजान खोजिए पनि सम्भव नभएकाले ढिलाइ भएको हो।

advertisement

पाण्डेले भने, “दमकल जान सक्ने अवस्था भएको भए हामीले ढिलाइ गरेका छैनौँ। बालाजु, स्वयम्भूलगायत विभिन्न क्षेत्रबाट पानी ट्यांकरहरूको सहयोग लिइयो। सेनासँग पनि समन्वय गरिएको थियो। महानगरपालिकाले दमकल परिचालन नगरेको भन्ने कुरा गलत हो।”

उनले आन्दोलनपश्चात फोहोर व्यवस्थापनमा महानगर सक्रिय भएको जानकारी पनि दिए। उनका अनुसार भदौ २५ गतेदेखि सुरु गरिएको सरसफाइ अभियानमा ३७४ टिपर फोहोर संकलन गरिएको छ। सरसफाइका क्रममा भेटिएका हतियार सुरक्षाकर्मीलाई बुझाइएको उनले बताए।

पाण्डेले महानगरपालिकाले माथिबाट आएको निर्देशनअनुसार मात्र काम गर्ने भन्दै आन्दोलनमा क्षति न्यूनीकरणका लागि आफूहरू निरन्तर सक्रिय रहेको दाबी गरे।

जेन–जेड आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवास, उपराष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनसहित सरकारी र निजी सम्पत्ति जलेर नष्ट भएका थिए।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com