काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासित पूर्वमहामन्त्री मुकुल ढकालले जेन–जी आन्दोलनलाई घुसपैठिया र सरकारले हाइज्याक गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ढकालले नेपालमा भएका हरेक आन्दोलन अन्ततः हाइज्याक हुने गरेको उल्लेख गर्दै, ‘जेन–जी आन्दोलन हाइज्याक भएको भनेर चर्चा छ, तर सोच्नुपर्ने कुरा के हो भने नेपालमा कुन आन्दोलन हाइज्याक भएको छैन?’ प्रश्न उठाए।

advertisement

उनका अनुसार आन्दोलन सुरुमा घुसपैठियाले नियन्त्रणमा लिए र अहिले सरकारले त्यसलाई हाइज्याक गरेको हो। यदि सरकारले हाइज्याक नगरेको भए आन्दोलन आफ्नो नाममा हुने थियो भन्ने तर्क उनले राखे।

ढकालले चेतावनी दिंदै भने, ‘यदि यही सिलसिला जारी रह्यो भने जेन–जी आन्दोलन पनि पुराना खेलाडीहरूले हाइज्याक गर्ने खतरा रहन्छ।’ उनले नेपालमा जनताले पटक–पटक आन्दोलन गरे पनि अन्ततः हाइज्याक हुने र त्यसको नकारात्मक प्रभाव सामान्य जनता माथि पर्ने अवस्था बारम्बार दोहोरिएको बताए।

पूर्वमहामन्त्री ढकालले यस अवस्थालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दै ‘काम गर्ने कालु, मकै खाने’ जस्ता उदाहरणसमेत उल्लेख गरे।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com