काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कार्यालय, ४८ जिल्ला कार्यालय र ९५ नेताका घर जलेकाे जनाएकाे छ ।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरणमा ४८ कार्यालय जलाइएको उल्लेख छ ।

advertisement

विश्वकर्माले जारी गरेको सूचीमा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला कार्यालय आन्दोलनकारीले जलाएर ध्वस्त बनाएका छन् ।

सिन्धुली, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, ललितपुर, काठमाडौँ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, ग्याग्दी, बागलुङ, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँकेका पार्टी कार्यालय जलाइएका छन् ।

त्यस्तै बर्दिया, डोल्पा, जुम्ला, मुगु, कालिकोट, सुर्खेत, डोटी, अछाम, दार्चुला, डडेलधुरा, कञ्चनपुर र कैलाली कार्यालयमा पनि आगजनी गरेर ध्वस्त बनाइएको छ ।

जिल्ला तथा स्थानीय तहका ९५ नेताको घर जलाइएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com