काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई जिम्मेवारीबाट हटाएपछि आगामी कदमबारे परामर्शमा रहेको बताएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गरेको थियो । शाक्यका अनुसार आफूले प्राधिकरणमा रहेर सरकारलाई सहयोग गर्ने योजना बनाएको भए पनि सरकारले आयोगमा पठाएपछि अब त्यहीअनुसार अघि बढ्ने सोच बनाइरहेका छन् ।

advertisement

उनले सरकारको मनसाय र व्यवहारकै आधारमा आफ्नो भूमिकाको दिशा तय हुने बताए । शाक्यले भने, ‘यदि सरकारले मेरो विशेषज्ञता आवश्यक ठानेर आयोगमा पठाएको हो भने म त्यहीँबाट पनि सहयोग गर्न तयार छु । तर, यदि यो निर्णय प्रतिसोधी भावनाले गरिएको हो भने त्यसअनुसार अघि बढ्न बाध्य हुन्छु ।’

उनले दुईपटक प्राधिकरणको नेतृत्व पाएको भए पनि दुबै पटक काम गर्ने वास्तविक अवसर नपाएको गुनासो गरे । साथै, कानुनी लडाइँमा जानेबारे सोध्दा उनले तत्काल यस्तो कुनै योजना नरहेको स्पष्ट पारे ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com