काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको भारतमा उपचार सुरु भएको छ। उनी सोमबार राति एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली पुगी, एपोलो अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
चित्रकारसँगै पूर्वप्रधानमन्त्री खनाल, उनका छोरा तथा सहयोगीहरू पनि दिल्ली पुगेका छन्। अस्पतालमा सोमबार रातिदेखि नै उनको उपचार प्रक्रिया अघि बढाइएको खनाल निकट स्रोतले जनाएको छ।
गत भदौ २४ गते जेन–जि आन्दोलनका क्रममा खनाल निवासमा लागेको आगलागीमा परेर चित्रकार गम्भीर घाइते भएकी थिइन्। केही दिन कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारपछि अवस्था जटिल बनेपछि थप उपचारका लागि उनलाई भारत सारिएको हो।
आगलागीमा गम्भीर घाइते भएकी चित्रकारको उपचारक्रममा उनको देब्रे हात गुमिसकेको परिवारले जनाएको छ।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया