काठमाडौं ।  एमाले नेता सुर्य थापाले जेन–जी आन्दोलनमार्फत सत्तामा पुगेको नेतृत्वप्रति प्रश्न उठाएका छन्। उनले आन्दोलनमा सहभागी युवाको बलिदानबाट आएको परिवर्तनमा वास्तविक जेन–जी (१३–२८ वर्ष उमेर समूह) को सहभागिता नभई ‘घुसपैठिया’ समूह हावी भएको दाबी गरेका छन्।

थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ७४ जनाको मृत्यु र करिब ५ खर्बभन्दा बढीको निजी तथा राष्ट्रिय सम्पत्ति नोक्सान भएको आन्दोलनपछि सरकारमा प्रतिनिधित्व भने ‘जेन–जी उमेर समूह बाहिरका व्यक्तिहरू’ ले कब्जा गरेको आरोप लगाए।

advertisement

उनका अनुसार प्रधानमन्त्री सुशीला कार्की (७३), मन्त्री रामेश्वर खनाल (६९), अनिलकुमार सिन्हा (६८), महावीर पुन (७१), कुलमान घिसिङ (५४), मदन परियार (७२), ओमप्रकाश अर्याल (४९) र जगदीश खरेल (४२) जस्ता व्यक्तिहरू वर्तमान मन्त्रिपरिषद्मा छन्, जसले वास्तविक जेन–जी पुस्ताको प्रतिनिधित्व गर्दैनन्।

थापाले लेखेका छन्, ‘आन्दोलनमा सहभागी नवयुवाको बलिदान खेर गयो, तर छद्मभेषी घुसपैठिया तत्वहरूले सत्तामा कब्जा गरेर निर्वाचित संसद् विघटनसमेत गराए।’ उनका अनुसार हालको ‘नक्कली प्रतिनिधित्व’ ले जवाफदेहिताबिनाको व्यवस्था र मनपरीतन्त्रलाई जन्म दिएको छ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com