काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङसँग नेपालस्थित बेलायतका राजदूत रब फेनबीच सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको छ।

भेटमा राजदूत फेनबीचले नवनियुक्त मन्त्री घिसिङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। त्यस्तै, नेपाल–बेलायतबीचको मित्रता र सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधारमा लगानीको सम्भावना र जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका उपायहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ।

advertisement

मन्त्री घिसिङले जेन–जि आन्दोलनपछि बनेको सरकारले प्राथमिकताका रूपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आम निर्वाचन र सुशासन कायम गर्नेतर्फ ध्यान केन्द्रित गरेको बताए।

राजदूत फेनबीचले नेपाललाई कार्बन–मुक्त बनाउन विद्युतीय सवारी साधनको प्रयोग बढाउने र चार्जिङ स्टेसन स्थापनाका लागि बेलायतले गरिरहेको सहयोग प्रभावकारी रहेको बताएका छन्।

त्यसैगरी, मन्त्री घिसिङले बेलायतमा सफल सार्वजनिक–निजी साझेदारी  मोडेललाई नेपालमा पनि अपनाउने, ग्रिन हाइड्रोजन प्रवर्द्धन गर्ने र जलवायु परिवर्तनका कारण सम्भावित हिमताल विस्फोटको जोखिम अध्ययनमा सहयोग मागेका छन्।

राजदूत फेनबीचले नेपालको प्रगतिलाई बेलायतको प्रगति ठानेर नेपालको आर्थिक रूपान्तरणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com