काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक अधिकार बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेन–जि आन्दोलनलाई हाइज्याक गरिएको दाबी गरेका छन्।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले आन्दोलनको मूल उद्देश्य र प्राप्त परिणाम फरक दिशामा गएको बताएका छन्। उनले भने, ‘आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतमा आगलागी भयो, जसले हामीलाई पनि छक्क बनायो।’ साथै उनले आन्दोलनसँगै विदेशी हस्तक्षेप नेपालमा बढेको दाबी पनि गरे।

advertisement

प्रसाईँले नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्रको रूपमा स्थापना गर्नुपर्ने धारणा राख्दै वर्तमानमा धर्म कमजोर भएको टिप्पणी गरे। उनले भने, ‘यो देश भगवानहरूले वास गरेको स्थान हो। भगवान रामचन्द्र हाम्रो गर्व हुन्। अब माटो अनुकूल आन्दोलन अगाडि बढाउनुपर्छ।’

उनीद्धारा गरिएको दाबी अनुसार, हालको सरकार जेन–जि आन्दोलनको सरकार होइन, र आन्दोलनको मूल उद्देश्यलाई हाइज्याक गर्दै केही व्यक्तिहरू बारबरा फाउन्डेसन र समता फाउन्डेसनको प्रभावमा मन्त्री बनेका छन्।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com