काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ २४ गतेको घटनामा सभापति रवि लामिछानेलाई बाहिर निकाल्नु परेको कारण सार्वजनिक गरेको छ।

केन्द्रीय कार्यालय वनस्थलीमा सम्पन्न केन्द्रीय समिति बैठकपछि सह–प्रवक्ता प्रतिभा रावलले पत्रकारलाई जानकारी दिँदै, नख्खु कारागार प्रशासनबाट पटक–पटक फोन आएपछि यस्तो कदम चाल्नुपरेको बताइन्।

advertisement

उनका अनुसार कारागार प्रशासनले “हामी उहाँलाई सुरक्षा दिन सक्दैनौँ, चुनौतीपूर्ण अवस्था छ, तुरुन्तै शीर्ष नेता वा परिवारका सदस्य आउनुपर्छ” भन्दै लगातार सम्पर्क गरेको थियो। रावलले रवि लामिछानेकी पत्नी निकिता लामिछाने बाटो असहज भएकाले जान नसकेको, तर अन्य पार्टी नेताहरू तुरुन्तै पुगेको प्रष्ट पारिन्। उनले एक–दुईजनालाई मात्र नभई, धेरैपटक फरक–फरक व्यक्तिलाई फोन गरिएको पनि दाबी गरिन्।

विवादित पत्रसम्बन्धी प्रश्नमा रावलले उक्त पत्र गृह मन्त्रालयअन्तर्गत नख्खु कारागारको आधिकारिक लेटरहेडमै जारी भएको उल्लेख गर्दै, त्यसको जिम्मेवारी कारागार प्रशासनकै हुने बताइन्। उनले थपिन्, ‘पत्रबारे शंका छ भने छानबिन होस्, हामीले त कारागारले दिएको कागज मात्र ल्याएका हौँ।’

उनले पत्रको सम्पूर्ण जबाफदेहिता कारागार प्रशासनले नै लिनुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com