काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कानून नमान्ने मिचाहा वर्गलाई कानून मिचिरहन नदिने बताएका छन्।

महानगरपालिकाभित्रका अनधिकृत संरचनामा डोजर चलाउनु प्रक्रियागत र न्यायिक निरुपन नभएको भनी प्रश्न उठेपछि मेयर साहले कार्यकारिणी अधिकार प्रयोग गरेर काम गरेको बताएका हुन्।

advertisement

उनले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै आवश्यकता र औचित्यका आधारमा महानगरले कार्यकारिणी शक्तिको प्रयोग गर्ने बताएका छन्।

‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानूनी छ,’ उनले भनेका छन्, ‘अब मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइ रहन दिने छैनौं।’

मेयर साहले आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी बस्नु उचित नहुने बताउँदै महानगरबाट कार्यकारिणी अधिकार प्रयोग कुन चरणमा हुन्छ भनेर बुझ्न सुझाएका छन्।

सकेसम्म मिचाहा प्रवृतिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प खुला रहेको उनले बताए।

प्रकाशित मिति: १२ भाद्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com