काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, समसामयिक अवस्था, आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी र पार्टीको आन्तरिक योजना सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।

advertisement

विशेष गरी जेन–जी आन्दोलनपछिको राजनीतिक परिप्रेक्ष्य, अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको केन्द्रीय समिति विघटन र मंसिरमा प्रस्तावित विशेष महाधिवेशनको तयारीबारे समेत बैठकमा विचार-विमर्श हुने छ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com