काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा वर्तमान केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव पेस गरेका छन् ।

बिहीबार राजधानीको प्रज्ञा भवनमा सुरु भएको बैठकमा अध्यक्षसहित सबै पदाधिकारीसहितको कमिटी विघटनको प्रस्ताव पेस गरेका हुन् ।

advertisement

प्रस्तावअनुसार उनले विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेको एक नेताले रातोपाटीलाई बताए । सो प्रस्ताव पदाधिकारी र स्थायी कमिटी बैठकबाट पारित भएअनुसार केन्द्रीय समिति बैठकमा पनि प्रचण्डले पेस गरेका हुन् । केन्द्रीय समितिबाट अनुमोदन भएमा हालका सबै कमिटी विघटन हुनेछ ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com