काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लेन्डुप दोर्जेको नियति दोहोरिन नदिन जनता सचेत हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल एक्समा उनले कतिपय अवस्थामा मानिसहरूलाई आफू प्रयोग भइराखेको जानकारी नहुने पनि स्पष्ट पारेका छन्।
उनले लेखेका छन्, ‘कतिपय अवस्थामा मानिसहरूलाई म प्रयोग भइराखेको छु भन्ने कुरा थाहा हुँदैन। जसरी लेन्डुप दोर्जेलाई राजासँगै देश सकिँदैछ भन्ने कुरा थाहा भएन। होसियार बन्ने जनताले हो।’

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया