काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनकै लागि मात्रै देशमा ध्वंस मच्याइएको दाबी गरेका छन्।

गुन्डुमा आयोजित युवा सङ्घको कार्यक्रम स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि देश ध्वस्त बनाइएको बताए।

advertisement

उनले भने, ‘भ्रष्टाचारको विरुद्ध भनेर जेनजी भाइबहिनीहरूलाई उचालियो। तर त्यहाँ ठुलो अन्तर्राष्ट्रिय चलखेल र खुपिया एजेन्सीहरूको समेत लगानी भएको कुरा भएको छ। केपी ओलीले राजीनामा नदिँदासम्म देश जोगिएको थियो। उहाँले राजीनामा दिएपछि देश ध्वस्त पारियो।’

उनले २३ गते २१ जनाको हत्या भएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र भोलिपल्ट ५४ जनाको हत्या भएको विषयमा पनि बेग्लै छानबिन हुनुपर्ने बताए। उनले आजको शान्तिपूर्ण र सामान्य भेटघाट मात्र आयोजना गरिएको बताए।

उनले भने, ‘अहिलेको मन्त्रीहरूले आफूलाई सेलिब्रेटी भनेर घोषणा गर्दै हिँडेका छन्। त्यो खालको देखिँदैन। जनता केही दिनमै पछुताउनेछन्।’
उनले पार्टीको सचिवालय बैठक भोलि नै बस्ने र पार्टीको धारणा सार्वजनिक गर्ने बताए।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com