धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगामी निर्वाचनमा १५० सिट जित्ने दाबी गरेका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा बुधबार आयोजना गरिएको पार्टीको आमसभालाई सम्बोधन गर्दै ओलीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एमालेले १५० सिट जित्ने दाबी गरेका हुन् ।
एमाले सत्ता बाहिर हुँदा समेत पार्टीमा प्रवेश गर्ने जनलहर बढेको उल्लेख गरेका ओलीले एमालेले जिते मात्र देशले जित्ने दाबी गरे । ‘गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ त्यसैले एमालेले जित्नुपर्छ । देशलाई जिताउने अभियानमा सबै सरिक हुनुस्,’ ओलीले भने, ‘आउँदो चुनावमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १५० सिट जित्नेछौं र दुनिया चकित पर्नेछ ।’
प्रकाशित मिति: १५ भाद्र २०७९, बुधबार













प्रतिक्रिया