अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने वल्र्ड पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बु र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपमा सहभागी हुन लागेका कमल र पार्वती १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन्।
च्याम्पियनसिपमा स्वर्ण जितेमा एक लाख ५० हजार, रजत पदक जितेमा एक लाख र कांस्य पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ।
प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार
प्रतिक्रिया