काठमाडौं । काठमाडौं महानगरले ठूला करदातालाई करको दायरामा ल्याउने अभियान सुरु गर्ने भएको छ । बुधबार फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिएर कर असुल गरेपछि अन्य ठूला करदातालाई पनि करको दायरामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको हो ।

महानगरको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार गत वर्षदेखि नै यो अभियान सुरु भएको थियो । यो अभियानलाई अब फेरि सुरु गर्न लागेको उनको भनाइ छ । अधिकारीले भने, ‘नेतृत्वले पहल गर्ने हो भने ठूला करदातालाई करको दायरामा ल्याउन गाह्रो छैन।’

advertisement

महानगरको टोली कर नतिर्ने करदाताकहाँ १६ देखि २५ साउन ०७८ सम्म पञ्चेबाजासहित कर तिर्न आग्रह गर्दै पुगेको थियो । घरजग्गा र सम्पत्ति कर तिर्न अटेर गरेपछि घर–आँगनमै पुगेर पन्चेबाजासहित व्यंग्य, नाच गरेको महानगरको भनाइ छ । केही करदाताले लाजैका कारण कर तिरेका छन् । जसकारण महानगरले अघिल्लो वर्षभन्दा २० करोड बढी कर संकलन गरेको थियो।  विद्युत् प्राधिकरणले समेत महानगरलाई १५ करोड तिर्न बाँकी रहेको महानगरले जनाएको छ। प्राधिकरणको नाममा महानगरले पत्र समेत पठाइसकेको छ।

 

प्रकाशित मिति: १७ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com