काठमाडाैं । नेपाल र मलेसियाबिच भएको पाँच खेलको द्विपक्षीय टी–२० सिरिजको उपाधि नेपालले जितेको छ।

मलेसियालाई ५ विकेटले पराजय गर्दै नेपालले सिरिज हात पारेको हो। बुधबार मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा लक्ष्य पूरा गर्‍यो। नेपालका लागि रुबि पोदारले २६ तथा पूजा महतोले २३ रन बनाए।

advertisement

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो। मलेसियाकी कप्तान विनिफ्रेड दुराइसिंघामले ४० रन बनाए।

नेपालका लागि कविता कुँवर र राजमती ऐरीले ३–३ विकेट लिए।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com