काठमाडौं । राष्ट्रियसभा सदस्य सुरेश आले मगरले आवश्यक पर्‍यो भने ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा आलेले निश्चित मुद्दाका कारण कांग्रेससँग गठबन्धन गर्नु परेको बताए ।

नेपालमा दुई पार्टी मात्र हुने नेकपा एमाले सांसदहरुको अभिव्यक्तिको खण्डन गर्दै उनले भने, ‘नेपालमाथि कुनै विदेशी शक्तिले आक्रमण गर्‍यो भने राजासँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ। कम्युनिस्ट त छोडिदिनुस्, राजतन्त्रसँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ ।’

कांग्रेससँग गठबन्धन गरेकोमा प्रश्न उठाउनुभन्दा किन गर्‍यो होला भनेर खोज्न सुझाव दिए ।

एमाले, राष्ट्रियसभा दल नेता खिमलाल भट्टराईले आलेको अभिव्यक्ति गम्भीर भएको बताए । नेपालमा अहिले राजतन्त्र र राजा दुबै नभएको भन्दै आलेको यो वाक्य हटाउन माग गरे।

 

प्रकाशित मिति: १७ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com