विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सीट बाँडफाँटमा गठबन्धनभित्र नेपाली कांग्रेसले हैसियतभन्दा बढी दाबी गरेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा आयोजित पार्टीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसमा अहंकार देखिएकाले सीट बाँडफाँट टुंगो नलागेको बताए ।

नेपालले भने- ‘कांग्रेसमा अहंकार देखिएको छ । हामीलाई सय सीट चाहियो, उब्रिएको तिमीहरु बाँड भन्छ । हामीले पनि उनीहरुलाई भनेका छौं, हैसियतभन्दा बढी माग्न काम नगर।’

२०७४ सालमा २३ सीट जितेको कांग्रेसले आफ्नो हैसियत भुलेर तीन सीट दाबी गरेको नेपालको गुनासो छ । उनले कांग्रेसलाई २३ को तीन गुणा अर्थात ६९ सीटसम्म दिन सकिने बताए ।

नेपालले भने- २३ को तीन गुणा ६९ सीटसम्म दिन सकिन्छ। त्यसमा एउटा सीट थपेर ७० दिउँला भन्दैछौं। तर उनीहरु सय चाहियो भनेर बसेका छन्, त्यसैले मिलाउन गाह्रो छ ।

नेता नेपालले गठबन्धनमा सहमति भएन भने नेकपा एस एक्लै चुनाव लड्न सक्षम रहेको भन्दै समानुपातिकमा २० लाख मत नघाउने दाबी समेत गरे ।

प्रकाशित मिति: १८ भाद्र २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com