काठमाडौं । लामो समयपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भक्तपुरको बालकोटस्थित आफ्नै निवास पुगेका छन्। आगलागी र तोडफोडबाट क्षतिग्रस्त बनेको घरको अवलोकन गर्दै उनले ‘काम नलाग्ने वस्तुहरू जलाइएका र किमती सामानहरू चोरी गरिएको’ टिप्पणी गरे।

घरको खरानी अवलोकन गर्दै ओलीले भने, “तस्बिर आफैं बोलिरहेको छ। छानीछानी मानिसका घरहरू जलाइएका छन्, लुटिएका छन्। केही सामान त कसरी उठाएर लगे भन्ने पनि विश्वास गर्न कठिन छ।”

उनका अनुसार बालकोटस्थित निवासमा रहेका केही टन तौलका ढुंगाका मूर्तिहरूसमेत चोरी गरिएका छन्। उनले भने, ‘त्यहाँ शिव, बुद्ध र सरस्वतीका मूर्तिहरू थिए। त्यस्ता मूर्तिसमेत चोरी भएका छन् भने अरू कुरा त सामान्य भए

ओलीले घरमा आगो लगाउनेहरूका बारेमा टिप्पणी गर्दै भने, “उनीहरूलाई काम नलाग्ने चिज मात्र जलाइएको छ, बाँकी सबै किमती वस्तुहरू उठाइएको छ। कुनै मूल्यवान् वस्तु बाँकी छैन।”

उनको यो निरीक्षणलाई एमाले स्रोतहरूले ‘राजनीतिक आक्रमणपछिको व्यक्तिगत पीडाको प्रत्यक्ष साक्षात्कार’का रूपमा वर्णन गरेका छन्।

प्रकाशित मिति: ५ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com