एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ । ३० अक्टोबरमा भेटवार्ता हुने ह्वाइट हाउसले पुष्टि गरेको हो ।

दक्षिण कोरियामा अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलन हुँदैछ । यो सम्मेलनमा राष्ट्रपति ट्रम्प सहभागी हुनेछन् । त्यसै क्रममा सम्मेलन सुरु हुनु एक दिनअघि चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन्।

advertisement

दुवै नेताबीचको यो भेटको सम्भावना पहिले नै देखिएको भए पनि अमेरिका-चीनबीच बढ्दो तनावका कारण यसबारे अनिश्चितता थियो। ट्रम्पले दोहोर्‍याएर राष्ट्रपति पद सम्हालेपछि दुवै नेताको पहिलो भेटवार्ता हुनेछ ।

ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, दुवै नेताबीचको वार्तामा व्यापार, ऊर्जा सहकार्य र युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com