काठमाडौं । दलित अधिकारका अभियन्ता खगेन्द्र सुनार आगामी सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न लागेका छन्। उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा मन्त्रिपरिषद्मा सहभागी हुने पक्का भएको स्रोतले जानकारी दिएको छ।

सुनारका निकट स्रोतले भने,खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ।

advertisement

खगेन्द्र सुनार पछिल्ला वर्षमा दलित समुदायको आवाज बुलन्द गर्दै राजधानीमा सक्रिय अभियन्ताका रूपमा परिचित छन्। उनले केही समयअघि शरीरभरि नेल (कील) लगाएर ‘दलितलाई खै ?’ नामक अभियान चलाएका थिए, जसले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक ध्यान खिचेको थियो।

समाजिक न्याय र समानताको पक्षमा उनी सधैं अग्रपङ्तिमा रहँदै आएका छन्। सुनारको मन्त्री नियुक्तिसँगै सरकारमा दलित समुदायको सशक्त प्रतिनिधित्व हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com