कालिकोट । ‘विप्लव’ नेतृत्व दल नेकपाका प्रवक्ता समेत हरेका खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) ले आगामी प्रतिनिधि सभा निर्वाचनमा कालिकोटबाट सोतह चुनाव जित्ने भिडिओ सन्देशमार्फत दाबी गरेका छन्।
बुधबार सामाजिक संजालमा सार्वजनिक गरेको भिडिओ सन्देश मार्फत भने, ‘हामीसँग संगठन, जनसमर्थन र विचारको बल छ। म जनतासँग प्रत्यक्ष भेट्न नपाए पनि जनताको मनमा छु, मेरो जित हाम्रो हुनेछ, उनले भने। उनले भने – ‘प्रचण्डले फिल्डमा जित्नुहुन्छ कि हुन्नन त्यो मलाई थाहा छैन, मैले कालिकोटमा सबै दल एकजुट भएपनि चुनाव जित्छु ।
उनले आफूले अबको निर्वाचनलाई जनतासँगको राजनीतिक प्रतिवद्धताको परीक्षा भन्दै आफ्नो पार्टीका नेताकार्यकतालाई संगठन विस्तार र मतदातासँग विचारको प्रचारमा जुट्न निर्देशन पनि दिएका छन्।
उनले कालिकोटका जनताले परिवर्तनका लागि निरन्तर साथ दिँदै आएको उल्लेख गर्दै भनेका छन्, ‘हामीले आन्दोलनका बेला दिएका वाचाहरु अहिले जनताले बिर्सेका छैनन्। त्यही जनसमर्थनले जितको सुनिश्चितता गर्छ।’ कालिकोटमा यसपटक सबै दलको गठबन्धन भएपनी त्रिकोणात्मक प्रतिस्पर्धा नहुने आफू एक्लैले चुनाव जित्ने दाबी गरेका छन् ।
प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया