काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूमा मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छन्।
मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले आफूविरुद्ध सामाजिक सञ्जालमा आएका तस्बिर र गालीगलौजले मानसपटलमा नकारात्मक प्रभाव परेको बताएकी हुन्।
उनले सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा दुःख पोख्दै आफूले कुनै क्षतिपूर्ति नमागेको र त्यो रकम आफूले लिने मनशाय पनि नरहेको स्पष्ट पारेकी छन् । आज फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएकी हुन् । उनले आफूसँग जाेडिएकाे घटनालाई लिएर कुनै पनि क्षतिपूर्ति नमागेको र नलिने स्पष्ट पारिन् ।
‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म लामो समयदेखि एउटा दु:खद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दु:खद घटना हो । सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ । कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला,’ उनले भनेकी छन् ।
साथै उनले आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग रहेको जनाएकी छिन्।
प्रकाशित मिति: २८ भाद्र २०७९, मंगलबार
प्रतिक्रिया