काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी ११औं राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका युवालाई अनिवार्य रूपमा प्रतिनिधि बनाउने निर्णय गरेको छ।

देशभरबाट करिब दुई हजार एक सय प्रतिनिधि सहभागी हुने महाधिवेशनमा हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चार जना प्रतिनिधि चयन गरिँदैछ। एमाले केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार तीमध्ये एक जना अनिवार्य रूपमा ४० वर्षमुनिका युवा हुनेछन्। बाँकीमध्ये दुई जना खुला तर्फबाट र एक जना महिला रहने व्यवस्था गरिएको छ।

एमालेले एक हजार दुई सय पार्टी सदस्य बराबर चार जना प्रतिनिधि पठाउन पाउने व्यवस्था गरेको छ। अधिकारीका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रबाट एक–एक जना युवा प्रतिनिधि, साथै अनेरास्ववियु र युवा सङ्घ नेपालबाट पाँच–पाँच जना ४० वर्षमुनिका प्रतिनिधि सहभागी हुने सुनिश्चित गरिएको छ। अन्य कमिटीहरूबाट पनि प्रतिस्पर्धात्मक रूपमा प्रतिनिधि हुने अवसर रहने उनले बताए।

पार्टीले महाधिवेशनमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय पनि गरेको छ। प्रतिनिधि चयन मङ्सिर १३ गते देशव्यापी रूपमा एकैदिन हुने र ११औं राष्ट्रिय महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना गरिने एमालेले जनाएको छ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com