काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमणमुक्त गरेर खोलाको दायाँबायाँ सडक करिडोर बनाउने तयारी गरेको छ।

महानगरपालिकाले बिहीबार जय नेपाल हलपरिसरमा उत्खनन् गरेको थियो। त्यहाँ टुकुचा खोला फेला परेको छ। टुकुचा खोला पुरेर त्यहाँ भवनलगायत संरचना बनाइएको थियो। इँटाको पर्खालमा सुरूङ बनाएर टुकुचालाई बगाइएको छ।

advertisement

महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ करिडोर बनाउने बताए।

उनले यसका लागि ६ अर्ब बजेट रहेको जानकारी दिए। यो काम पाँच वर्षभित्र पूरा हुने उनले बताए। ‘टुकुचा खोलामा पानी बग्न चार मिटर छाडिन्छ। बाँकी दायाँबायाँ चार/चार मिटरको करिडोर बन्छ,’ उनले भने।

महानगरकी उपमेयर सुनिता डंगोलले टुकुचा खोला अतिक्रमणमुक्त बनाउन सहयोग गरेकोमा धन्यवादसमेत दिएकी छन्। उनी आज अपरान्ह जय नेपाल हल परिसर पुगेकी थिइन्।

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com